मेयर बालेनले दिए जाँचबुझ आयोगलाई लिखित जवाफ
वि.सं.२०८२ पुस २२ मंगलवार २०:०१
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगलाई जवाफ दिएका छन् । उनले आज आयोगलाई लिखित जवाफ दिएका हुन् ।
आयोगले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिइसेको छ ।
































