तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद पुनःस्थापनाको मुद्धा तत्काल फैसला गर्न एमाले अध्यक्ष ओलीको आग्रह

728
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा चुनाव हुन्छ कि हुन्न भन्ने अझै टुंगो नभएको बताएका छन्।

ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उच्च पहाडी र हिमाली भेगमा मान्छे नै नभएको भन्दै भोट हाल्नको लागि हिमाल चढ्नजस्तै गरी कोही नजाने बताए।उनले भने, ‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ। उच्च पहाडी र हिमाली भेगमा भोट हुनेवाला नै छैन।’

उनले भदौ २३ र २४ गते देशलाई भयानक सङ्कटमा पार्नको लागि उत्पात मच्चाइएको आरोप लगाए।असंवैधानिक सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने बताए। उनले संसद् पुनर्स्थापनाको मुद्दाबारे चाँडो फैसला गर्न माग गरे।उनले भने, ‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनर्स्थापना गर्ने, हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ।’

अदालतले जे फैसला गरेपनि आफूहरू स्वीकार्ने भन्दै चुनावअघि नै बोल्नुपर्ने बताए। संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था बन्ने बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports