तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ समानुपातिकतर्फको मतपत्र, पहिलो नम्बरमा सूर्य अन्तिममा गाई

910
shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहितको नमूना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराए पनि ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची निर्वाचनमा आयोगमा बुझाएका थिए।बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्दैछन्। बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चारवटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिन लागेका हुन्।

यसअघिका चुनावमा बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाई हुँदै आएको थियो। जसले गर्दा सबै दलका चुनाव चिह्न मतपत्रमा राखिने गरेको थियो।यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिएको हो। जसअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ मात्रै छन्।समानुपातिक तर्फको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक तर्फको मतपत्रमा सबैभन्दा अगाडि नेकपा एमालेको चुनाव चिह्न सूर्य रहनेछ। त्यसपछि क्रमशः कांग्रेसको रुख, नेकपाको पाँचकुने तारा, रास्वपाका घण्टी, जसपाको छाता, जनमतको माइकसहितका चुनाव चिह्न राखिएका छन्।सबैभन्दा अन्तिममा भने गाई चुनाव चिह्न राखिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports