सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदै

1.43K
shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो ।

तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले  बताए । सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौँ आउन लागेका हुन् ।

उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports