सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राहुल गान्धीको लोकसभा सदस्यता खारेज गर्न लोकसभामा दर्ता भयो प्रस्ताव

1.6K
shares

काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सांसद डा. निशिकान्त दुबेले लोकसभामा प्रमुख प्रतिपक्षी नेता राहुल गान्धीको सदस्यता रद्द गर्न र भविष्यमा निर्वाचन लड्न प्रतिबन्ध लगाउन माग गर्दै प्रस्ताव पेश गरेका छन् ।

डा. दुबेले सोरोस फाउन्डेशन तथा देश विभाजन गर्न खोज्ने शक्तिसँग मिलेर राहुल गान्धीले भारतलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । उनले लोकसभा नियम ३५२(५) र ३५३ अन्तर्गत गान्धीको सदस्यता खारेज गरी भविष्यमा चुनाव लड्न रोक लगाउनुपर्ने मागसहित मोशन दर्ता गरेको बताएका छन्।

उक्त नियमअनुसार यदि कुनै सांसदका गतिविधि संविधान र राष्ट्रिय एकताको विपरीत ठहरिएमा संसदले सदस्यता रद्द गर्न वा भविष्यका निर्वाचनमा भाग लिन रोक लगाउने प्रक्रिया अघि बढाउन सक्छ । राजनीतिक विश्लेषकहरूले भने यस प्रस्तावलाई अत्यन्त संवेदनशील राजनीतिक विषयका रूपमा हेरेका छन्। संसदमा हुने बहस र निर्णयले भारतीय राजनीतिक माहोलमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच वरिष्ठ भाजपा नेतृ वानाथी श्रीनिवासनले राहुल गान्धीलाई राष्ट्रिय सुरक्षाको विषयमा राजनीति नगर्न आग्रह गरेकी छन् । उनले लोकसभामा एक पूर्व सेनाप्रमुखको आत्मकथासम्बन्धी विषयलाई लिएर भएको हंगामाको आलोचना गर्दै कांग्रेसले जानाजानी राष्ट्रिय सुरक्षालाई राजनीतिक मुद्दा बनाएको आरोप लगाइन् ।

श्रीनिवासनले जनताबाट अस्वीकृत भइसकेका राहुल गान्धीले लोकसभामा अराजकता सिर्जना गरिरहेको दाबी गर्दै देशको सुरक्षाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न चेतावनी दिएकी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports