सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
वि.सं.२०८२ फागुन १ शुक्रवार १२:१९
shares

काठमाडौं । फागुन महिनाको पहिलो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो ।
बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
































