सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो पदभार समाल्न काठमाडौं आईपुगे नवनियुत्त चिनियाँ राजदूत

1.25K
shares

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।

एअर चाइनाको सिए ४३७ उडानमा उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।

नेपाल आएलगत्तै राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । चाङ नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो ।

नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा उनी परिचित छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports