तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चारजना अमर प्राज्ञलाई जनहित ५० हजारको ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने

1.46K
shares

काठमाडौँ- नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

पुरस्कारबाट महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिने भएको हो।

त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक योगदानमार्फत नेपाली भाषा–साहित्यको उन्नयनमा पुर्‍याएको ऐतिहासिक र कालजयी योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ।साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’लाई उचाइमा पुर्‍याउन उनीहरूको उल्लेखनीय भूमिका रहेको उल्लेख गरिएको छ।

महासमालोचक प्रा. त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा यही चैत २७, २८ र २९ गते आयोजना हुने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’कै अवसरमा पुरस्कार समर्पण गरिने कार्यक्रम छ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। जानकारी सदस्य–सचिव नरेन्द्रराज प्रसाईले दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports