जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस–एमाले भित्रको विवाद लोकतन्त्र नै संकटमा ?

बालेन सरकार सुशिला कार्कीको उपहार

650
shares

 

काठमाडौ । लामो समयदेखि सत्ता आलोपालो सञ्चालन गर्दै आएको दलहरु नेपाली कांग्रेस–नेकपा एमाले र (तत्कालिन माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टी गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा नराम्रो सँग पराजित भएपछि यी पार्टीहरु भित्र व्यापक विवाद उत्पन्न भएको छ ।
जनताले कांग्रेस, एमाले र माओवादी केन्द्र नेतृत्वको सरकार हेरिसकेका थिए । सत्तामा रहँदा उनीहरुले जनताको विश्वास जित्न सकेका थिएन भने विकास निर्माणका कार्य समेत धिमा गतिमा सञ्चालन हुँदै आएका थिए । उनीहरुले सत्ताको नेतृत्व गर्दा देश विकास र जनताको जीवनस्तर उठाउने काम गर्दा नगरेका भने होइन ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि जनताले तिव्र गतिमा विकास नर्मिाण कार्य हुनुपर्ने बताउँदै आएका भएपनि दलहरु भित्रको आन्तरिक द्वन्द्वले गर्दा बहुमतको सरकार पनि पुर अवधि टिक्न सकेन । नेपाली कांग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि सबै भन्दा बढी समयसम्म सत्ताको नेतृत्व गरेको भएपनि उसले आफ्नै नेतृत्वको एकलौटी सरकार समेत पुरा अवधि टिकाउन सकेन । त्यही बेला देखि मुलुकमा राजनीतिक संकट बढ्दै गएको थियो÷हो ।
पटक पटक सत्ताको नेतृत्वकर्ताहरुभित्रको विवाद र लोकतान्त्रिक चरित्रले सरकार सञ्चालन हुन नसक्नु, पार्टीगत स्वार्थमा दलहरु सक्रिय हुनु, भ्रष्टाचारका काण्डहरु सार्वजनिक हुनु, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार असफल हुनु, राम्रा भन्दा हाम्रालाई प्राथमिकतामा राखेर नियुक्ति, सरुवा, बढुवा गर्नु, योग्य व्यक्तिलाई पाखा लगाएर आफ्नो आदेश पालकहरुलाई विश्वास गरेर महत्वपूर्ण निकायमा नियुक्ति गर्नुले दलहरुप्रति जनताको विश्वास हट्दै गएको थियो । त्यही कारणले गर्दा र जनताको भावना बुझेर पूर्व सञ्चारकर्मी समेत रहेका रवि लामिछानले २०७९ को निर्वाचन हुनु भन्दा ४÷५ महिना अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । सो पार्टी गठन भएको ४÷५ महिनामै निर्वाचनमा सहभागिता जनाएर संसदमा प्रत्यक्ष र समानुपातिक गरी २१ जनालाई सांसद बनाउन सफल भएको थियो । छोटो समयमा नै रास्वपा राष्ट्रिय पार्टी बन्न सफल भएपछि जनताको आस्था र विश्वास बढ्दै गएको थियो ।
त्यही कारणले गर्दा गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत ल्याएर संसदको सबै भन्दा ठुलो पार्टीमात्र बनेन सरकारको नेतृत्व गर्दै एकलौटी सरकार समेत गठन गर्न सफल भयो ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई बैधानिक रुपबाट हटाउन असम्भव भएकाले गर्दा रास्वपाकै संलग्नता र उनीहरुका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । त्यही विषयलाई रास्वपाले ओली सरकार ढाल्ने हतियारको रुपमा प्रयोग ग¥यो गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनमा रास्वपा सहितका नेताहरु र हालका प्रधानमन्त्री बालेन साहसहित हालका गृहमन्त्री सुधन गुरुङसहितको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगमा भाद्र २३ गतेको घटना घटाइयो ।
२३ गते संसद भवन नयाँ बानेश्वरमा गोली चल्यो त्यहाँ १७ जनाको निधन भयो । त्यही विषयलाई लिएर भाद्र २४ गते विध्वसात्मक कार्य भयो । सिंहदरबार, सर्बोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत धेरै सरकारी कार्यालय, व्यावसायिक भवन र शिर्ष नेताहरुका निजी निवास जलाईए । यी सबै काण्डहरु हुनुको दोष ओली सरकार र पुराना राजनीतिक दलहरुमाथि लगाइयो । जनताले त्यसलाई पत्याएका हुनाले मात्र रास्वपाले झण्डै दुई तिहाई मत पाएको हो । तर, त्यसको वास्तविकता अर्कै रहेको छ ।
तत्कालिन काठमाडौ महानगरका मेयर बालेन साह रास्वपाका प्रवेश गरेको र उनका लोकप्रियताकै कारण जनताले बालेन साहको नाममा रास्वपाको चुनाव चिह्न घण्टीलाई मत हालेका हुन् । रास्वपाले बालेन साहसँग सहमति गर्दा भाद्र २३ र २४ गतेको घटनाको स्वामित्व लिने सहमति गरी सम्झौता समेत गरेको हुनाले र रवि लामिछाने जेलमा रहेका बेला रास्वपाका नेताहरुले नै लामिछानेलाई प्रधानमन्त्री बनाउने भन्दै जेलबाट मुक्त गरेका थिए ।
यसरी भाद्र २३ र २४ गतेको घटना एकाएक भएको थिएन भन्ने भेदहरु खुल्दै गएका छन् । सुधन गुरुङले भने भाद्र २३ को विरोध प्रदर्शनमा आफूँ पानी बाँड्न आएको आफू जेनजीहरुको नेता नभएको बताएका भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौबाट विरोध प्रदर्शनको अनुमति माग्दा सुधनले नै पत्रमा हस्ताक्षर गरेका हुनाले अब भाद्र २३ र २४ गतेको घटनाको वास्तविक अनुसन्धान हुनुपर्ने आवश्यकता देखिन्छ । पुराना दलहरु प्रति जनताको विश्वास घटाउन र पुराना दलका नेताहरुप्रति जनतामा आक्रोश व्यक्त गर्नेगर िभाद्र २३ र २४ गतेको घटना घटाइएको हो भन्न अब साइत हेरिरहनु पर्दैन ।
भाद्र २३ र २४ गतेको घटनाको जाँचबुझ नगर्नुका कारण तत्कालिन प्रधानमन्त्री सुशिला कार्की कै निर्देशनमा रोकिएको र कार्कीले नै पुराना दलहरुका नेताहरुसँग बदला लिने गरी भाद्र २३ र २४ गतेको घटनापछि केही आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । तर उनी प्रधानमन्त्री भएपछि निर्वाचन गराउने म्याण्डेट पाएकाले उनले पुराना दलका नेताहरुलाई उकास्दै तपाईहरुको जित निश्चित रहेको छ भन्दै सुरक्षाकर्मीहरुले यस्तो रिपोर्ट ल्याएका छन् भनेर कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुसँग निर्वाचनमा सहभागि हुन आग्रह गरेकी थिइन् त्यही आग्रहलाई कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले विश्वास गर्दा अहिले संकटमा परेका छन् । यो सबै कार्यले गर्दा लोकतन्त्र नै संकटमा पर्ने प्रायः निश्चित जस्तै देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports