तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको छ : निर्वाचन आयोग

1.55K
shares

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मध्यान्हपछि मतदानको प्रतिशत बढेको जानकारी दिए ।

प्रवक्ता भट्टराईले बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको जानकारी दिए ।‘अहिलेसम्म झण्डै २५ प्रतिशत मत खसेको छ,’ भट्टराईले भने, ‘तर प्रत्येक मिनेटमा प्रतिशत बढेको छ । साँझसम्म हामी कति प्रतिशत मत खस्यो भन्ने जानकारी गराउँछौ ।’

आयोगले मतदानमा मतदाताको उपस्थिति उत्साहजनक भएको पनि दाबी गरेको छ । आयोगले सर्लाहीलगायतका केही स्थानमा केही समय मतदान रोकिए पनि सहजीकरणपछि पुनः सञ्चालन भएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports