तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापामा सुरक्षा जोखिमले बालेन चढेको हेलिकोप्टर फर्किएको होईन : झापाका सिडियो गेलाल

2.29K
shares

झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभर कुनै सुरक्षा जोखिम नरहेको बताएका छन् ।

सुरक्षा जोखिमको सूचना आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका झापा क्षेत्र ५ का उम्मेदवार बालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापा नपुगी बीचबाटै काठमाडौं फर्काइएको भनि उनको सचिवालयले बताएको थियो ।

बालेनको सचिवालयले सुरक्षा जोखिम रहेको चेतावनीका कारण बालेन झापा नपुगी बीचबाटै फर्किएको बताएको हो । तर सीडीओ गेलालले कुनै किसिमको सुरक्षा जोखिम नरहेको बताएका छन् । जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको र बालेनको हेलिकोप्टर किन फर्कियो थाहा नभएको उनको भनाइ छ ।

उनले जिल्ला सुरक्षा समितिले सुरक्षा जोखिमबारे कुनै किसिमको सूचना कसैलाई नदिएको पनि बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports