निर्वाचन सम्पन्न गरेकोमा अमेरिकाले नेपाललाई दियो बधाई
वि.सं.२०८२ फागुन २२ शुक्रवार ०९:१९
shares

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकाले नेपाल सरकारलाई बधाई दिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले आज एक वक्तव्य जारी गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको हो ।
‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’ दूतावासले भनेको छ ।




































