कास्की क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित
वि.सं.२०८२ फागुन २२ शुक्रवार २३:२०
shares

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित भएको छ । ५२ हजार ७३६ मत खसेकोमा हालसम्म ४१ हजार ५४१ सदर मत गणना भएको छ । यस्तै एक हजार ५७२ मत बदर भएको छ ।
अब ११ हजार १९५ मत गन्न बाँकी हुँदा रास्वपा उम्मेदवार पौडेल १८ हजार ८१७ मतान्तरले अगाडि छन् । उत्तमले २५ हजार १३७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मी आचार्यले ६ हजार ३२० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ४ हजार ६६९ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार १०७ मत ल्याउँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले एक हजार २५८ मत ल्याएका छन् ।उज्यालो नेपाल पार्टीका कुशल गुरुङले ९२७ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले गणना सकेर मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ ।





































