पश्चिम नेपालमा हावाहुरी सहित वर्षा, पूर्वी नेपालमा सर्दै
वि.सं.२०८२ चैत ६ शुक्रवार १४:४४
shares

काठमाडौँ– आज बिहानदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ।
दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा धेरै ३३.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका विभिन्न जिल्लामा पनि वर्षा भएको छ।
वर्षासँगै आएको हावाहुरीले जनजीवन प्रभावित बनेको छ। साथै बागमती प्रदेशका विभिन्न जिल्लामा पनि दिउँसो २ बजेतिर वर्षा गराउने भित्रिसकेको महाशाखाले जनाएको छ।
हाल काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। वर्षा गराउने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ।महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



































