सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

572
shares

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ ।कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

Machhapuchchhre Bank ad

साथै उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports