३० वटा होटललाई क्यासिनो सञ्चालनको अनुमति
वि.सं.२०७८ माघ २५ मंगलवार १०:०६
shares
नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । पर्यटन मन्त्री प्रेम आलेले मात्रै ६ वटा क्यासिनोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमति दिएको हो ।
काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।
क्यासिनोलाई दिएको इजाजत र नवीकरण वापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ । पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको छ । यस्तो विवरण अनुसार चालू आवमा होटल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटललाई मिनी क्यासिनो सञ्चालनको इजाजत दिएको छ ।





































