२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल रेडक्रसको संशोधित बिधान कार्यन्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

637
shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई ‘अधिकारक्षेत्र विहीन’ ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढालगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले विधानको १९औँ संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान २०२० को दफा ५८ लाई उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि कुल सदस्य संख्याको दुई तिहाइ बहुमत आवश्यक पर्ने उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्त (TOR) मा पनि विधान संशोधनको अधिकार नदिइएको अदालतले भनेको छ ।

तदर्थ समितिले ‘आवश्यकताको सिद्धान्त’ (Doctrine of Necessity) को सहारा लिँदै २०८३ वैशाख ४ गते विधान संशोधन गर्ने निर्णय गरेको थियो । तर, सर्वोच्चले उक्त कार्यलाई ‘प्रथम दृष्टिमा नै अधिकारक्षेत्र विहीन एवम् विधान विपरीत’ देखिएको ठहर गरेको छ । अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ । अदालतले विपक्षी विपक्षीहरूका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports