सञ्चारकर्मीलाई पक्राउ गर्दा समाचारको स्रोत बन्द हुँदैन सरकार !
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १२:००
shares

काठमाडौं । गत शुक्रबार (कार्तिक १३ गते) प्रहरीले सञ्चारगृहमा नै प्रवेश गरेर केही पत्रकारहरुलाई विना पुर्जी पक्राउ गरिएको घटनाले निकै चर्चा पाएको छ । पत्रकारहरुलाई पक्राउ गर्नुको कारण प्रहरीले स्पष्ट रुपमा खुलाउन सकेको थिएन भने पक्राउ गर्नुको कारण समेत उनीहरुलाई बताइएको थिएन । कसैलाई पक्राउ गर्नुभन्दा अगाडि अदालतको आदेश चाहिने नियमलाई समेत पालना गरिएको थिएन ।
नेपालको संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता दिएको छ । प्रेस स्वतन्त्रता भनेको प्रचलित नियम कानुन भन्दा बाहिर गएर पत्रकारहरुलाई विना पक्राउ पुर्जी पक्राउ गर्नु होइन । समाचार प्रकाशित र प्रसारित भएको विषयलाई लिएर कसैलाई मर्का परेको भए त्यस विषयलाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको छ । प्रेस काउन्सिलले समाचार प्रकाशित÷प्रसारित गर्ने पत्रकार सञ्चार गृह र पत्रपत्रिकालाई बोलाएर सञ्चारमाध्यम र मर्का परेका दुवै पक्षका बीचमा छलफल गरी समस्याको समाधान गर्न सक्छ ।
यदि काउन्सिलको निर्णयलाई चित्त नबmुभेको अवस्थामा जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने नजिर सर्बोच्च अदालतबाट जारी भैसकेको छ । तर सरकारले नै संविधानको उल्लंघन गर्दै प्रहरी पठाएर समाचार लेखेकै कारण र समाचार प्रकाशित गरेकै कारण सञ्चारगृहमा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु संविधानको ठाडो उल्लंघन हो ।
संविधानले नै दिएको अधिकार प्रयोग गर्दा पत्रकारहरुलाई पक्राउ गर्नु किमार्थ उचित हुन सक्दैन । पत्रकारहरु पनि सविधान ऐन कानुन भन्दा माथि नरहेको विषयमा हामी पत्रकारहरु जानकार रहेका छौँ । सरकारले आफ्नो पक्षमा समाचार प्रकाशित नभएको र विपक्षमा मात्र समाचार प्रकाशित गरेको भन्दै त्यसैका आधारमा सञ्चारकर्मीहरुलाई विनाजुर्जी पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको र पूर्ण प्रेस स्वतन्त्रताको विरुद्धको कार्य हो । पक्राउ गर्ने अनि कसैले जिम्मा नलिने प्रवृत्ति बालेन सरकारले हालै देखाएको छ ।
समाचार कक्षबाटै सञ्चारकर्मीहरुलाई पक्राउ गर्नुको मुख्य कारण समाचारको स्रोत नै नष्ट गर्ने उदेश्यले हालै नेपाल प्रेस अनलाइनको कार्यालयमा प्रहरी पठाएर सरकारले समाचारको स्रोत नै बन्द गर्ने रणनीति लिएको देखिन्छ । सञ्चारकर्मीले आफ्नो समाचारको स्रोतलाई कुनै सर्तमा पनि बचाउनुपर्ने हुन्छ । त्यो नै पत्रकारिताको धर्म हो ।
सत्तामा बसेकाहरुले त्यस्तो स्रोत नै नष्ट गर्ने उदेश्यले सञ्चारकर्मीको स्रोतहरु बन्द गर्न मोबाइल डिभाइस हरु लैजान खोज्ने प्रवृत्तिले गर्दा नत सरकार बलियो हुन्छ नत सञ्चारको स्रोत नै बन्द हुन सक्छ भन्ने हेक्का सरकारलाई होस् ।

































