२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार्टड एकाउन्टेन्टको धन्दा मुद्दा हाल्दै हिड्ने वा ?

780
shares

काठमाडौं । चार्टर एकाउण्टेन भन्ने पेशा सम्मानित भएपनि आफ्नै कुकर्मले फल भोग्दै आएका भेषराज लुइटेललाई चार्टड एकाउण्टेन एसोसियसनले उनलाई लेखा परीक्षण गर्न नपाउने गरी कारबाही गरेपछि उनी विभिन्न संघ संस्था र विभिन्न व्यावसायिहरुका विरुद्ध पछिल्लो समयमा व्यक्तिगत स्वार्थ पूरा गर्नैका लागि अदालतमा मुद्दा हालेर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् ।
त्यसैक्रममा उनले पछिललो समयमा विभिन्न सम्मानित संस्थाहरुका विरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने र मुद्दा दर्ता गर िसकेपछि तिनै संस्थाहरुमा आफ्ना मान्छे पठाएर लाखौँ रकमको बार्गेनिङ गरी मिलापत्र गराउने प्रयास गरिरहेका समाचारहरु प्रकाशित÷प्रसारित हुँदै आएका छन् । त्यसै क्रममा उनले साल्ट टे«डिङ्ग कर्पोरेशन, होटल याक एण्ड यति, वल्र्डलिंक, एनसेल, होटल ह्यायत लगायत १० वटा भन्दा बढी संस्थाका विरुद्ध मुद्दा दर्ता गराएर मिलापत्र गर्ने भन्दै मोटो रकम हात पार्ने प्रयासमा लागि परेका हाछन् ।
उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई उनीहरुका समस्याहरु समाधान गरिदिने आश्वासन दिएर मोटो रकम हात पारेका भएपनि उनले ती समस्याहरु समाधान गर्न नसकेपछि सम्बन्धित व्यक्तिहरुले प्रशासनमा उजुरी गरेपछि उनीमाथि कारबाही समेत भएको थियो । चार्टड एकाण्टेन्ट जस्तो सम्मानित पदकै दुरुपयोग गर्दै राज्यका उच्च स्तरका व्यक्तिहरुसँग आफ्नो चिनजान र सम्पर्क रहेको भन्दै केही मन्त्रीहरु, मुख्य सविच र सचिवहरुसँग फोटो खिचाएर त्यसैलाई प्रमाणका रुपमा देखाउँदै आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् ।
नेपालमा मात्र नभएर उनले भारतमा समेत एउटै नामबाट विन्नि कम्पनीहरु खोलेका छन् । उनले भारतमा खोलेका कम्पनीहरुको स्रोत के हो ? भारतमा उनको डाइरेक्टर आइडेन्टी नम्वर ५७००६ रहेको रेकर्डबाट देखिन्छ । उनलाई त्यहाँ डाइरेक्टरको दर्जा दिएको रेडर्कबाट भेटिन्छ भने उनको भारतमा जीबी हेन्डीक्राफ्ट, ग्लोबल माउन्टेन सोलुसन, सम्बृद्धि मार्केटिङ्ग प्रा.लि. समेत रहेका छन् । ती सबै कम्पनीहरु २०१३ देखि २०१६ सम्ममा खोलिएका थिए । यी सबै कम्पनीहरुमा उनलाई डाइरेक्टर भनिएको छ । उनको जीएम हेण्डिक्राप्टको नाममा पञ्जाव नेशनल बैँकबाट २०१६÷५÷५ मा ७७,५००,०००.०० लिएको देखिन्छ । भारतमा यति धेरै उद्योगहरु खोल्ने निज लुइटेलको सम्पत्तिको स्रोत के हो ? अब त्यस विषयमा नेपाल सरकार, सम्पत्ति शुद्धीकरण विभाग र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।
नेपालमा रहेका विभिन्न प्रतिष्ठित संस्थानहरुलाई बार्गेनिङ गरी पैसा असुल उपर गर्नेका लागि मुद्दा हाल्दै हिड्ने व्यक्तिले मुद्दाको बहस गर्नुपर्दा वरिष्ठ वकिलहरुलाई बहस गराउँदा ठुलो रकम समेत दिनुपर्ने भएकाले उनले सो रकम कहाँबाट प्राप्त गर्ने गरेका छन् ? त्यसको स्रोत के हो ? त्यस विषयमा समेत अनुसन्धान र छानविन हुनुपर्ने देखिन्छ ।
पहिले पनि उनले अदालतमा मुद्दा दर्ता गराएका हुनाले ती मुद्दाहरुको बहसमा ठुलो रकम लाग्ने भएकाले मुद्दा दर्ता गराएका संस्थाहरुसँग मोटो रकम बार्गेनिङ गरेर मुद्दाको मिलापत्र गर्ने भन्दै सम्बन्धित क्षेत्रका संघ संस्थाहरुमा आफ्ना मान्छे पठाउने कार्यलाई निरन्तरता दिँदै आएकोमा एक संस्थाले उनका दुतलाई धोक्रेठ्याक लगाएर कार्यलयबाट बाहिर निकालिदिएको सुत्रले दाबी गरेको छ ।
त्यसै क्रममा साल्ट टेडिङ कर्पोरेशनमाथि समेत उनले मुद्दा दर्ता गराएका छन् । साल्ट टेडिङ्ग कर्पोरेशनमा नेपाल सरकारको झण्डै २२ प्रतिशत शेयर रहेको र सञ्चालक समितिमा समेत सरकारका प्रथम श्रेणीका सहसचिव नै सञ्चालक हुने भएकाले साल्टले बद्मानी गर्दछ भन्नु आकाश खस्छ भन्नु हो ।
अहिले पनि साल्टको सञ्चालक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव १ जना र नेपाल व्यापार कम्पनीका सिइओ सञ्चालक रहेका छन् भने बाँकी सदस्यहरु निजी क्षेत्रका लगानीकर्ताका प्रतिनिधिहरु नै रहेका छन् । साल्ट्रले आफ्नो स्थापनाकालदेखि नै नेपाली जनतालाई ठुलो सहयोग मात्र गरेको छैन लुलो लंगडो हुनबाट जोगाउनका लागि आयोडिनयुक्त नुन ल्याएर नेपाली जनतालाई सर्वसुलभ रुपमा विक्रि वितरण गरिरहेका छ भने उसले चीनी मल, खाद्यान्न लगायत दैनिक आवश्यक पर्ने सामानको समेत विक्रि वितरण गरेर मुलुकभरमै सेवा प्रदान गरिरहेको मात्र छैन निजी क्षेत्रको एकाधिकारलाई समेत उसले नियन्त्रण गरी सरकार र निजी क्षेत्रको पुलका रुपमा कार्य गरी महंगीको बेला जनतालाई सहज रुपमा चीनी, ग्याँस, लगायतका प्राय सबै धर्यासी सामान सर्वसुलभ रुपमा विक्रि वितरण गर्दै आएकोमा अहिले भेषराज लुइटेल जस्ता व्यक्तिहरु साल्टको विरुद्धमा लागि परेका छन् ।
साल्टका विरुद्धमा पहिला पनि केही निजी क्षेत्रका व्यक्तिहरु लागि परेका थिए उनीहरुले साल्ट्रकै कारण आफूहरुले चाहेको जस्तो व्यापार गर्न नसकेको बताउँदै आएका थिए ती सबैलाई नेपाली जनताले असफल सावित बनाईदिए अहिले आएर फेरी लुइटेलजस्ता पैसाका भोका पात्रहरुलाई अगाडि सारिएको छ ती पात्रहरु प्रत्येक दिन सिंहदरबारभित्र के गर्न पस्छन् सिहदरबारभित्र प्रवेश गर्ने पास उनलाई कसले दिन्छ यी तमाम प्रश्नहरुको उत्तर हामी खोजिरहेका छौँ प्रतिक्षा गर्नुहोस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports