२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हसिना बंग्लादेश फर्किए मृत्युदण्डको फैसला कार्यान्वयन गरिने चेतावनी

104
shares

बंगालादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजकले बताएका छन् ।

अभियोजक मोहम्मद अमिनुल इस्लामले पत्रकारहरूसँग कुरा गर्दै हसीनासँग अदालतको फैसला कार्यान्वयनको सामना गर्नुबाहेक अन्य विकल्प नरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । हसिनाले पनि आफू बंगलादेश फर्किएमा मृत्युदण्डको सजाय हुन सक्नेबारे जानकार रहेको एएफपीलाई बताएकी छन् ।

नोभेम्बर २०२५ मा ढाकास्थित एक अदालतले मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हसिनाको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने उक्त मुद्दालाई ‘कानुनी प्रहसन’ भन्दै अस्वीकार गरेकी थिइन् ।

अभियोजक अमिनुल इस्लामका अनुसार, मृत्युदण्डको फैसलाविरुद्ध अपिल गर्ने कानुनी समयसीमा समाप्त भइसकेको छ । त्यसैले हसीनासँग अब फैसला चुनौती दिने कुनै कानुनी विकल्प बाँकी नरहेको उनको दाबी छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ अगस्टमा देश छाडेकी हसिना त्यसयता भारतमा निर्वासनमा बस्दै आएकी छन् । उनले आगामी डिसेम्बरमा बंगलादेश फर्किने योजना बनाएको बताइएको छ । समाचार एजेन्सी एपीका अनुसार, उनले नयाँ राहदानीका लागि समेत आवेदन दिएकी छन् ।

अभियोजक अमिनुल इस्लामले गम्भीर अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी जारी गर्न सम्बन्धित निकायले अस्वीकार गर्न सक्ने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports