२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपत्यकामा भाइटीकाको दिन मेघगर्जन र असिना सहित वर्षा

598
shares

काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ ।

दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन आई वर्षा सुरु भएको हो।उपत्यकाका बुढानीलकण्ठ, , काँडाघारी, गौशाला, चाबहिल लगायतका स्थानमा असिना सहितको वर्षा भएको छ । वर्षाका कारण भाइटीकाको दिन आवतजावत गर्ने सर्वसाधारण तथा दिदीबहिनी र दाजुभाइहरू प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सोही मौसमी प्रणालीका कारण काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो ।महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, अन्य पहाडी भूभाग तथा मधेस प्रदेशमा पनि आंशिक बदली रहने र बाँकी तराई भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports