पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणतन्त्रले जित्यो तर पासोमा पर्दै गएको छ

39
shares

 

काठमाडौं । ३० वर्षसम्म चलेको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्था लागु भएपछिका विभिन्न समयमा भएका निर्वाचनहरुमा १÷२ पटक राजनीतिक दलहरुले एक्लाएक्लै बहुमत ल्याएका भएपनि आजसम्म कुनै पनि राजनीतिक दलले पुरै पाँच वर्षसम्म सरकार सञ्चालन गर्न सकेका छैनन् त्यसको एउटै कारण हो राजनीतिक दलहरु भित्र लोकतान्त्रिक चरित्र नहुनु र व्यक्तिगत स्वार्थ पूरा गर्न लाग्नु नै प्रमुख कारण थियो ।
पछिल्लो समयमा नेपाली राजनीतिमा प्रवेश गरेको रास्वपाले छोटो समयमै राजनीतिक मूलधारमा आउन सफल भएको छ । तर उसले पनि राजनीतिक चरित्र देखाउन सकेको देखिँदैन । २०८२ भाद्र २३ गते जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक घटनाकै कारण रास्वपाले २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको थियो ।
भाद्र २३ र २४ गतेको घटनामा रास्वपाको प्रत्यक्ष अप्रत्यक्ष समर्थन थियो । काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साहको भाद्र २३ र २४ गतेको घटनामा अप्रत्यक्ष रुपमा संलग्नता थियो । त्यही कराणले गर्दा उनले भाद्र २४ गतेको विध्वसात्मक कार्यपछि आन्दोलनकारीहरुलाई नेपाली सेनाका प्रधान सेनापतिसँग वार्ता गर भनेर स्टाटसमार्फत निर्देशन दिएका थिए । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने हालका गृहमन्त्री सुधन गुरुङ सहितका केही व्यक्तिहरु गत पुसमै रास्वपामा प्रवेश गरेका थिए । रास्वपाका धेरुै नेता तथा कार्यकर्ताहरु समेत उक्त घटनामा संलग्न भएका प्रमाणहरु छताछुल्ल भएका भएपनि विध्वसात्मक कार्यमा संलग्न भएकाहरु नै अहिले सांसद रहेका हुनाले भाद्र २३ र २४ गतेको घटना रहस्यमय बनेको छ ।
बालेन साह सहितका धेरै व्यक्तिहरु रास्वपामा प्रवेश गरेका र उनीहरुकै बलमा भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्य भएकोले रास्वपाले उनीहरु सबैलाई आफ्नो पार्टीमा प्रवेश गराएर बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भन्दै निर्वाचनमा गएको र विरोध प्रदर्शन र विध्वसात्मक कार्यको रक्तपातले मात्र रास्वपाले झण्डै दुई तिहाई मत पाएको हो ।
प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले समेत गणतान्त्रिक व्यवस्था र लोकतान्त्रिक चरित्रलाई व्यवहारमा लागु गर्न सकेको छैन । पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु निर्वाचनमा नराम्रोसँग पराजित भएका र भाद्र २३ र २४ गतेको घटनामा उनीहरुनै दोषी हुन् भन्ने भाष्य बनाइएको हुनाले गणतन्त्र नै अहिले अर्काकै पासोमा परेको जस्तो देखिएको छ ।
सत्ताको नेतृत्वकर्ता दल रास्वपा र रास्वपा नेतृत्वको बालेन सरकारले पनि लोकतान्त्रिक चरित्र देखाउन सकेको देखिँदैन । आफू सत्तामै रमाउने र विपक्षी दलहरु र सरकारको विरोध गर्नेहरुलाई अनेक उपनाम दिएर बद्नाम गर्ने प्रयासले गर्दा बालेन सरकार नै संकटमा पर्न सक्छ । त्यही कारणले गर्दा रास्वपा नेतृत्वले जिम्मेवार ढँगले अघि बढ्नु आवश्यक देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports