२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक परिवर्तन भनेको सत्ता फेरिनुमात्र होइन ?

52
shares

 

२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको विरुद्धमा भाद्र २४ गते मुलुकरभमै विध्वसात्मक कार्य भयो । त्यही विध्वसात्मक कार्यलाई देखाएर तत्कालिन एमाले, कांग्रेसको संयुक्त नेतृत्वमा प्रधानमन्त्री रहेका केपी ओलीलाई राजिनामा दिन बाध्य पारियो । भाद्र २४ गते देखि २७ गतेसम्म मुलुक सरकारविहिन अवस्थामा रहेको थियो । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा रास्वपाको समर्थन रहेको थियो भने प्रदर्शनकारीहरुले भाद्र २३ गते नै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध लगायतका काण्डमा मुछिएको भन्दै अदालतलको आदेशमा जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जेलमुक्त गराउँदै उनलाई प्रधानमन्त्री बनाउने नारा लगाउँदै आन्दोलनकारीहरुले स्वागत गरेका थिए ।
करिब एक हप्तासम्म सरकार विहिन अवस्थामा रहेपछि नै रास्वपा लगायत हामी नेपाली भन्ने संस्थाका व्यक्तिहरु र काठमाडौ महानगरका तत्कालिन मेयर बालेन साहको प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा आन्दोलनकारीहरुलाई सहयोग र समर्थन गर्दै आएकोमा बालेन साहले नै आन्दोलनकारीहरुलाई भाद्र २३ गते बेलुका देखि नै अव नेपाली सेनाका प्रधानसेनापतिसँग वार्ता गर भनेर स्टाटसमार्फत निर्देशन दिएका थिए भने उनको निर्देशननुसार नै हामी नेपली संस्थाका अध्यक्ष रहेका सुधन गुरुङ सहितका केही व्यक्तिहरुले प्रधानसेनापतिसँग वार्ता गरेपश्चात् संविधान विपरित सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई भाद्र २७ गते राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । कार्की प्रधानमन्त्रीमा नियुक्त हुनासाथ संसद विघटन गरी २०८२ फागुन २१ गते संसदको निर्वाचन गराउने घोषणा गरिएको थियो । संसद विघटन र प्रधानमन्त्रीको नियुक्ति यी दुवै कार्य असम्वैधानिक रहेका थिए । तर भाद्र २३ र २४ गतेको घटनाको सम्पूर्ण दोष तत्कालिन केपी ओली नेतृत्वको सरकार र पुराना भन्ने भाष्य बनाइएका राजनीतिक दलहरुहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपामाथि लगाइयो । त्यही बीचमा काठमाडौ महागनरका तत्कालिन मेयर बालेन साहलाई रास्वपाले आफ्नो पार्टीमा प्रवेश गराउने भित्री योजना बनाएको थियो । त्यसको एउटै कारण थियो बालेन साह कै कारण भाद्र २३ र २४ गतेको घटना भएको र ओली नेतृत्वको सरकार ढलेको अनि संसद विघटन भएको भन्ने बुझाई रास्वपाको रहेको थियो ।
२०८२ फागुनमा संसदको निर्वाचन गर्ने घोषणा पश्चात् राष्ट्रपतिसहितको हामी नेपाली भन्ने संस्था र बालेन सहितका व्यक्तिहरुले पुराना भनिएका दलहरुलाई अनेक प्रकारका आरोप लगाउँदै उनीहरुलाई जनताको नजरमा अपराधी, भ्रष्टाचारी भन्ने भाष्य निर्माण गर्न सफल भएका थिए भने रास्वपाले समेत त्यस्तै नारा लगाउँदै आफूले एकसय दिनमात्र सरकार सञ्चालन गर्न पाएको खण्डमा कायापलट गर्ने सस्तो नारा जनतासामू दिएको थियो भने बैदेशिक रोजगारीमा जाने युवायुवतीलाई स्वदेशमै रोजगारी दिने लोकप्रिय नारा दिएको थियो । फागुन २१ गते भएको संसदको निर्वाचनमा जनताले रास्वपालाई झण्डै दुई तिहाई मत दिए रास्वपाका २०८२ पुसमा पार्टी प्रवेश गरेका बालेनलाई रास्वपाको वरिष्ठ नेता बनायो । उनको टिममा रहेका प्रायः सबैलाई निर्वाचनमा टिकट दिइयो उनीहरुले निर्वाचनमा जित हाँसिल गरे । २०८२ चैत्र १३ गते रास्वपाका वरिष्ठ नेता रहेका बालेन साहको नेतृत्वमा सरकार गठन भयो । तर सरकार गठन भएको झण्डै आठ महिना पुग्न लाग्दा समेत रास्वापले निर्वाचनको बेला जनतालाई दिएका आश्वासनहरु मध्येका एउटा पनि पुरा भएका छैनन् । अहिले पनि बैदेशिक रोजागरीमा जानेहरुको संख्या घटेको छैन । प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो संख्यामा युवायुवतीको लाइन देखिन्छ । प्रत्येक महिना झण्डै ६५ देखि ७० हजारसम्म युवायुवती विदेशिन बाध्य भएका छन् । सत्ता बाहिर रहँदा र निर्वाचनका बेला रास्वपाले युवायुवतीलाई नेपालमै रोजगारी दिने ग्यारेन्टी सहित १०० बुँदे कार्यक्रम जारी गरेको थियो । त्यो १०० बुँदे मध्येको एउटा पनि पुरा भएको छैन । रास्वपाले जारी गरेको घोषणा पत्र र १०० दिने कार्यक्रमलाई हेर्दा रास्वपा र रास्वपा नेतृत्वको बालेन सरकारले झुठको खेती बाहेक अन्य केही नगरेको प्रष्ट रुपमै देखिन्छ ।
पुराना दलहरुले केही गरेनन् भन्ने भाष्य तयार पारेर जनतालाई केही समय झुक्याउन सकिने भएपनि लामो समयसम्म त्यो सम्भव देखिँदैन । प्रधानमन्त्री बालेन साहको नेतृत्वको सरकार समेत अनेक काण्डमा फस्दै गएको छ । सरकारले नत सुशासन दिन सक्यो नत जनतालाई सेवा सुविधा नै । सरकारले प्रत्येक क्षेत्रमा हस्तक्षेपकारी भूमिकामात्र खेलिरहेको छ । संसदमा रास्वपाकै झण्डै दुई तिहाई मत रहेकाले सरकारलाई जनताको हितमा काम गर्न कस्ले रोक्यो ? यसको जवाफ रास्वपा र बालेन सरकारले जनतालाई दिनु पर्दछ । सरकारले प्रत्येक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलेर हस्तक्षेप मात्र गरिरहेको छैन सम्वैधानिक निकायदेखि न्यायालयसम्म, कर्मचारीतन्त्रमा समेत हस्तक्षेपकारी भूमिका खेलेको छ भने निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई आर्थिक नाकाबन्दी लगाएर उनीहरुलाई या त बन्द गराउने नभएर सरकारको दास बनाउने रणनीति लिएको छ ।
पत्रकारहरुलाई लेखेकै भरमा पक्राउ गर्ने सञ्चारगृहमा प्रहरी पठाएर समाचार स्रोत नै बन्द गराउने जस्तो कार्यमा सरकार लागि परेको हुनाले निर्वाचनका बेला रास्वपा सभापति रवि लामिछाने जनतालाई दिएको आश्वासन र जारी गरेको बाचापत्र सत्ता हत्याउने खेलबाहेक अन्य केही नरहेको प्रष्ट हुँदै गएको छ । सुशासनको नाममा कर्मचारीहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर आफ्नो काम गराउन खोज्नु कहाँको सुशासन हो सरकार ? त्यसैले गर्दा बालेन सरकार बाहिर जे बोल्छ त्यो गर्दैन भित्र भित्र प्रतिशोधको राजनीतिमा सक्रिय रहेको छ भने सहजै अनुमान गर्न सकिने अवस्था आएको हामीले महसुस गरेका छौँ । यदि होइन भने संसदमा झण्डै दुई तिहाईको मत रहेको सरकारले जनतालाई सेवा सुविधा दिन नसक्नुको कारण के हो ? त्यो जनताले थाहा पाउनु जनताको अधिकार समेत हो भन्ने त्यो सुशासन पनि हो भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports