सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होलीमा उछृंखल गतिविधि गरेको आरोपमा १२९ जना पक्राउ

455
shares

काठमाडौं । बिहीबार फागु पूर्णिमा मनाउने क्रममा उछृंखल गतिविधि गरेको आरोपमा काठमाडौं बाट १२९ जना पक्राउ परेका छन् ।

महाराजगञ्ज, बौद्ध, गौशाला, बानेश्वर, कालिमाटी, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा लगायतको क्षेत्र बताए । उनका अनुसार सबैभन्दा बढी वसन्तपुर क्षेत्र हेर्ने महानगरीय प्रहरी वृत्त, जनसेवा बाट ३१ र महानगरीय प्रहरी वृत्त, बानेश्वर बाट २६ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये अधिकांशले मादक पदार्थ सेवन गरेर उछृंखल गतिविधि गरेको एसपी मैनालीले बताए ।

उनले भने, ‘अन्य व्यक्तिलाई अनावश्यक रुपमा दुःख हैरानी दिने पनि पक्राउ परेका छन्, सबैलाई स्क्रीनिङ गरेर कसूर अनुसार छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्छ ।’ यसै बीच, महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंले बिहीबार बिहान देखि साँझ ६ बजेसम्म १०६ जनालाई कारबाही गरिएको एसएसपी उमेशराज जोशीले बताए । यही अवधिमा ९०६ वटा सवारी साधन कारबाहीमा परेको उनले बताए ।

‘बिना हेल्मेट हिँड्ने, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गरेको पाइए पछि उनीहरुलाई कारबाही गरिएको हो’ एसएसपी जोशीले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports