विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारले कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकर बहादुर वम सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

689
shares

काठमाडौं । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकर बहादुर वम सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूहले टेण्डर मार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७१ साल कार्तिक १८ गते कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आर.एस. सःमिलका प्रोप्राइटर रमेश थापालाई बदनियत पूर्वक विद्यालय/सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्लकालीन अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य-सचिव जनक बहादुर थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले ८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports