विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेप्से ४० अंकले बढ्दा सबै उपसूचकमा हरीयाली

546
shares

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै अन्य उपसूचक ४ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४५ करोड २ लाख ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने १ हजार २५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १० करोड माथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका शेयरधनीले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चर ८६ का इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports