२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्री सहितका आरोपीहरूलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

351
shares

काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्री सहितका आरोपीहरूलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादव सहितका प्रतिवादीलाई मंगलबार थप दुई दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।

मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्कको नाममा म्याक्रोटेक प्रालि नामको कम्पनीले स्वास्थ्य परीक्षणको नाममा रकम असुलेको थियो । मेडिकल स्क्रिनिङको नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रकम मलेसिया पठाउन ४ पटक मन्त्रीस्तरीय निर्णय भएको भेटिएको छ । ती निर्णय तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेर बहादुर कुँवरको पालामा भएको थियो । स्वास्थ्य परीक्षण गर्न काठमाडौँका ३६ वटा मेडिकललाई तोकिएको थियो ।

सो प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बस्ने ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भएर टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पहिलो चरणमा पक्राउ परेका थिए ।मङ्सिर २ मा पूर्वमन्त्री सहित ६ जना पक्राउ परे । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादव, यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्व सचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ छन् ।

आरोपीहरूमाथि ब्यूरोले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । २०७५ को अन्तिमबाट आरोपीहरूले मलेसिया जाने कामदारहरूसँग प्रतिव्यक्ति १ सय मलेसियन रिङ्गिट असुल गरेका थिए । त्यसबेलाको मूल्य अनुसार एकजना कामदारसँग म्याक्रोटेक प्रालिले नेपाली रकम ३१ सय ६० रुपैयाँ असुलेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports