पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १४:२२
shares

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया श्रमिक पठाउँदा भएको ठगी प्रकरणमा प्रकाउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको साइबर ब्यूरो (सीआईबी)ले शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो ।अर्याललाई कहाँबाट नियन्त्रणमा लिएको भन्नेबारे सीआईबीले औपचारिक रूपमा जानकारी दिएको छैन ।
सीआईबीले नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोप लगाई दुई पूर्वमन्त्रीसहित ६ जनालाई बुधबार पक्राउ गरेको थियो । सोही प्रकरणमा अर्यालमाथि छानबिन गर्न प्रहरीले बुधबार नै पुर्जी लिएको थियो ।





































