linktrix Long Ad
Salt Trading Long Ad

दाङमा नेपाल मगर संघ १२ औं राष्ट्रिय महाधिवेशन सुरु

611
shares

दाङ । नेपाल मगर संघ १२ औं राष्ट्रिय महाधिवेशन दाङमा सुरु भएको छ ।दाङको घोराहीमा सुरु भएको महाधिवेशन ३ दिन सम्म चल्नेछ । महाधिवेशनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सबै जातजातिको पहिचान संरक्षण गर्ने कुरा नेपालको संविधानले सुनिश्चितता गरेको बताए । उनले नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र रहेको बताउँदै सबै जातजाति र भाषाभाषीको सम्मान गर्नुपर्ने बताए । ‘भाषा र जातीको संरक्षण गर्ने संविधानले सुरक्षित गरेको छ’ उनले भने, ‘यसको संरक्षण गर्न सबै तहका सरकारले ध्यान दिन जरुरी छ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले मगर समुदायले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेको बताइन् । ‘आन्दोनको अग्र मोर्चामा रहेर देशको परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्नु भएको छ’ उनले भनिन् । संविधानले सबैको हक अधिकार समेटीएको भन्दै यसको कार्यान्वयनमा जानु पर्ने उनको भनाइ थियो ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports