प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह

650
shares

गुल्मी । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले भय रहित वातावरणमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताए ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले ढुक्क भएर मतदानमा सहभागी हुन सबै नागरिकहरुलाई आग्रह समेत गरे ।पहिलो कार्यकालमा योगदान पुर्‍याउने जनप्रतिनिधिलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधिलाई उत्साहपूर्वक काम गर्ने वातारण बनाउनु पर्ने दायित्व सबैको भएको उनको भनाइ छ ।

अर्काे सनदर्भमा उनले उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको बताए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आज बाट सुरु भएको महोत्सव वैशाख ४ गते सम्म चल्ने छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports