विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरि हेलिकोप्टर काण्ड

533
shares

 

काठमाडौं । डलर छैन भनेर धेरै सामान आयातमा सरकारले रोक लगायो । अर्थाभावका कारणले चुनावलाई मितव्ययी बनाउने विषयमा सरकार छलफलमा जुटेको छ । सरकारी यातायातमा मितव्ययिता अपनाउने सर्कुलर नै गरियो ।
तर पार्टी अध्यक्षका मान्छेले भित्री सेटिङ मिलाएपछि पार्टीबाट आएको आदेशको पालना गर्दै अर्थमन्त्री जनार्दन शर्माले ४ अर्बको हेलिकोप्टर किन्ने निर्णय गरिदिएछन् । सरकार देउवाको नेतृत्वमा छ कि प्रचण्डको ? सरकार गठबन्धनको हो कि नेकपा माओवादी केन्द्रको ?
यो हेलिकोप्टर काण्ड गभर्नर काण्डभन्दा पनि नैतिकहीन काण्ड हो । यतिमात्र होइन, रुसबाट खरिद गर्ने हेलिकोप्टर काण्डले भूराजनीतिक समस्या पनि निम्त्याउनेछ । अर्थमन्त्रीले नेपाली सेनाका लागि हेलिकोप्टर किन्ने भनेर निर्णय गरेछन् । सेना भन्छ–हाम्रो माग पनि छैन, जानकारीमा पनि छैन ।
सेनालाई बदनाम गराउने, कमिशन कुम्ल्याउने क्या मजाको तरिका ? चुनावका बेलामा कमिशनले चुनाव जिताउने भयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports