सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार एसएसपी डिआइजीमा बढुवा, को को भए बढुवा हेर्नुहोस नामावली

429
shares

काठमाडौं । नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा भएको छ । सिफारिस उपर उजुरी नपरेपछि गृह मन्त्रालयले बिहीबार बढुवा गरेको हो । उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार दज्र्यान्ही चिन्ह लगाएका छन् ।

नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक क्षेत्रीले दज्र्यानी चिन्ह सुशोधन गरेका छन् । बढुवा भएका डिआइजीको पदस्थापन भने भएको छैन । उनीहरुलाई प्रदेश इन्चार्जमा पठाउने सम्भावना रहेको स्रोत बताउँछ ।


हाल सातमध्ये पाँच प्रदेशका डिआइजीले अवकाश पाउँदैछन् । त्यसकारण बढुवा लगत्तै उनीहरुले प्रदेश इन्चार्ज पाउने सम्भावना छ । अन्य डिआइजीहरु उत्तम सुवेदी, मुकुन्द आचार्य र पूजा सिंह पनि प्रदेशमा जाने सम्भावना छ । मधेस प्रदेशका उमेश रञ्जितकार, बागमतीका प्रकाजंश कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ बैशाख देखि अवकाश पाउँदैछन् ।

पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै महानिरीक्षक क्षेत्रीले पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उनले निर्देशन दिएका छन् ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फ बाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports