मतदाता परिचयपत्र नभएकाले पनि नागरिकता देखाएर मतदान गर्न पाउने
वि.सं.२०७९ वैशाख २७ मंगलवार २०:११
shares

काठमाडौं ।वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकार बाट वञ्चित नगरिने बताएका हुन् ।
मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरी व्यवस्था गरिएको बताए ।




































