विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो चुनावमा हाम्रो पार्टीको ठुलो महत्वकांक्षा छैन : अध्यक्ष कमल थापा

572
shares

काठमाडौं ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा राप्रपा नेपालको ठूलो महत्वाकांक्षा वा अपेक्षा नभएको बताएका छन् । मौन अवधि सुरु हुनुअघि मंगलबार एक वक्तव्य जारी गर्दै थापाले फागुन ७ गते मात्र राप्रपा नेपाल पुनर्जागृत भएको र प्रत्येक पालिकामा पार्टी संगठन निर्माण भइनसकेको भन्दै चुनावको तयारीको निम्ति समयको अभाव पनि भएकाले पार्टीको ठूलो महत्वाकांक्षा वा अपेक्षा नरहेको बताएका हुन् ।


स्थानीय तहको चुनावमा राप्रपा नेपाल र नेकपा एमालेका बीचमा केही पालिकाहरुमा सामान्य तालमेल भएको उल्लेख गर्दै अन्य केही पालिकाहरुमा स्वःस्फूर्तरुपमा राप्रपा नेपालका उमेदवारहरू रहेको बताएका छन् । यो चुनावमा सामान्य भए पनि राप्रपाको सहभागिता प्रजातन्त्र, जनसर्वोच्चता र स्थानीय स्वायत्त शासन प्रणाली प्रतिको राप्रपा नेपालको प्रतिवद्धताको धोतक भएको बताएका छन् । उनले राप्रपा नेपाल समयानुकूल नयाँ नीति र नवीन शैलीमा अघि बढ्नेपनि बताएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports