विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज र भोली मतदान स्थलबाट मतदाता परिचयपत्र बितरण गरिने

637
shares

काठमाडौं ।निर्वाचन आयोगले सबै मतदान स्थल बाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ।आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरू बाट मतदाता परिचय पत्र वितरणका काम हुनेछन्।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरबाट मतदाता परिचय पत्र दिन लागिएको हो।यस्तै आयोगले मतदाता शिक्षा पनि दिने भएको छ।

मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। यसअघि आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षण समेत दिएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports