रूख र कलममा खसेको मत आफ्नो हुनुपर्ने दाबी गर्दै काठमाडौं महानगरपालिका उपमेयरका उमेद्वारले निर्वाचन आयोगमा दिए निवेदन
वि.सं.२०७९ जेठ ९ सोमवार १६:२४
shares

काठमाडौं ।सत्ता गठबन्धन दलका तर्फ बाट काठमाडौं महानगरपालिकाको उपमेयरका उमेदवार रामेश्वर श्रेष्ठले नेपाली कांग्रेसको चुनाव चिह्न रुख र एकिकृत समाजवादीको चुनाव चिह्न कलममा परेको मत आफ्नो भएको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
श्रेष्ठले कलम र रुख दुवै चिह्नमा परेको मत आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोगमा दावी सहितको निवेदन दिएका हुन् । उनले दिएको निवेदनमा उमेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्ने उल्लेख छ ।

उनले प्रतिष्पर्धी नै नभएका कलम र रुख चिह्नमा मत संकेत भए पनि म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदरगरी गणना गरेको र यस बाट मत परिणाममा असर परी, उप विजेता हुने उमेदवारले जित्ने र जित्ने उमेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखा परेको बताएका छन् ।
श्रेष्ठले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुनेगरी प्रतिष्पर्धी उमेदवार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भएका मतपत्रमा म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दोहो¥याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान अधिकृतलाई आदेश गरिपाउँ भनेका छन् ।




































