आगामी साउन १ गते देखि लागू हुने गरी सरकारले सरकारी कर्मचारीको तलब बढाउने
वि.सं.२०७९ जेठ ९ सोमवार १६:२८
shares

काठमाडौं ।आगामी साउन १ गते देखि लागू हुने गरी सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजे टमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ | यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेको र नेपाली बजारमा अहिले चर्को महँगी बढेको कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन लागेको हो । दुई हजार रुपैँया नघट्ने गरी तलब बढाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
निजामती कर्मचारी सम्बद्ध ट्रेड युनियनले पाँच हजार रुपैँया सम्म तलब बढाउन अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको थियो | सोहि सुझावलाई मनन गर्दै सरकारले धान्ने गरि तलब बढाउने प्रतिक्रिया मन्त्रालयले दिएको हो ।




































