kumari
stcnepal

रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन

काठमाडौं ।रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । गोलाप्रथा बाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधि बाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गलोप्रथा विधि बाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदकको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १८ लाख ५० हजार २७७ जना आवेदकले २ करोड १२ लाख ५९ हजार ५७० कित्ता शेयरका लागि २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गते सम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जस मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

footer