विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रिभर फल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन

637
shares

काठमाडौं ।रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । गोलाप्रथा बाट बल छनोट गर्दा लक्की नम्बर २ छनोट गरिएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधि बाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गलोप्रथा विधि बाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदकको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन सम्म १८ लाख ५० हजार २७७ जना आवेदकले २ करोड १२ लाख ५९ हजार ५७० कित्ता शेयरका लागि २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गते सम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जस मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports