विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ : डा. बाबुराम भट्टराई

624
shares

गोरखा ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा सदरमुकाम आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै गठबन्धनका अन्य दलहरुले नैतिक आचरण विपरीत काम गरेको आरोप लगाए । ‘गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्याे,’ उनले भने, ‘तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरीत भयो, यसकै फल स्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’

विचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुँदा पनि समस्या भएको उनले तर्क गरे । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरेपनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘गोरखाको ११ स्थानीय तह मध्ये कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई दुई भनेर मैले फर्मुला निकालेँ, शेरबहादुर र प्रचण्डले पनि हुन्छ भन्नुभयो तर कांग्रेसका साथीहरुको के वुद्धि बिग्रियो मान्नुभएन’, भट्टराईले भने ।

एकीकृत समाजवादी पार्टीले पनि ढाँटछल गरेको उनले आरोप लगाए । चुनावी तालमेल भएको ठाउँमा उनीहरुले जसपालाई सहयोग नगरेको उनले बताए । संगठनात्मक कमजोरी र पार्टी भित्रकै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि गोरखामा चुनाव हारेको उनले स्वीकार गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports