विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफैले आफैसँग बिबाह गर्नुलाई सोलोगामी बिबाह भनिन्छ

715
shares

एजेन्सी ।सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैं सँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवती माझ बढ्दो फेसनमा छ । अहिले यो भारत सम्म आइपुगेको छ । पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोह बीच क्षमा बिन्दुको विवाह हुँदैछ ।

रातो दुलहीको पोशाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन् । विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । विवाहपछि उनी हनिमुनको लागि दुई साता गोवा जानेछिन् । यी सवै प्रक्रियामा दुलाहा भने हुने छैनन् । भारतमा अहिले सम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दैछिन् । ‘धेरै मानिसहरूले म धेरै आकर्षित भएको बताउँछन्’, समाज शास्त्रीकी २४ वर्षीया विद्यार्थी तथा ब्लगर भन्छिन्, ‘उनीहरूलाई म आकर्षित भएको बताउँछु ।’

आफूले आफैलाई विवाह गरेर विन्दुले ‘आफ्नो माया’प्रति समर्पित भएको बताउँछिन् । ‘स्वयंमलाई विवाह गर्नु भनेको आफ्नो लागि प्रतिबद्ध हुनु हो । यसले तपाईलाई सबैभन्दा जीवित, सुन्दर र आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ ।’ उनको आगामी विवाहलाई अभिभावकले पनि सहमति जनाएका छन् । बाबुआमाले आर्शीवाद दिएका छन् भने साथीभाइ वैवाहिक कार्यक्रममा सहभागी हुने जनाएका छन् ।

लगभग २० वर्षअघि लोकप्रिय अमेरिकी श्रृंखला सेक्स एन्ड द सिटीकी पात्र क्यारी ब्राडशाले यसलाई उठाएपछि सोलोगोमीबारे चर्चा हुन थालेको हो । तर, त्यो व्यङ्ग्य नाटक मात्र थियो ।त्यसयता धेरैले यस्ता विवाह गरेका छन् । विशेषगरी एकल महिलाको यसप्रति रुची बढ्दो छ । एउटा असामान्य घटनामा ब्राजिलकी ३३ वर्षीया मोडलले आफूले आफैलाई विवाह गरेको तीन महिनापछि ‘सम्बन्ध बिच्छेद’ गरेकी थिइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports