kumari
stcnepal

नेपाल हङकङ सँग ७ विकेटले पराजित

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङ सँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो ।

हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हात बाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् । ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरी बाट क्याच आउट भइन् ।

तेस्रो क्रममा आएकी नताशा माइल्स २८ रनमा र पाँचौं क्रममा आएकी सानेज सहजाद ४ रनमा अविजित रहे । चौथो क्रममा क्लेरी च्यान १७ रनमा संगिता राईबाट बोल्ड आउट भइन् । नेपालका लागि स्पिनर संगिता राईले सर्वाधिक २ विकेट लिइन् ।

 

footer