एमालेको निष्कर्ष पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक
वि.सं.२०८३ असार ९ मंगलवार १८:१५
shares

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।साथै, उनलाई तत्काल रिहाइको माग पनि पार्टी बैठकले गरेको छ ।
‘पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको पार्टीको निष्कर्ष छ र तत्काल रिहाइको माग गर्ने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो । उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई अहिले विशेष अदालतमा म्याद थपका लागि लगिएको छ ।

































