विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिए

533
shares

काठमाडौं ।बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’ उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।

सुनक सँगै बेलायतका स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् ।

यो सरकारले अब राष्ट्रिय हित र जनअपेक्षा अनुसार काम गर्न नसक्ने दाबी गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रिय हित अनुकूल सरकार चलाउँछन् भन्ने जनविश्वास गुमाइसकेका छन् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports