कांग्रेसका उपसभापति खड्काको अर्थमन्त्री शर्माको विवाद बारे तत्काल छानबिन गर्न संसदीय समिति बनाउन माग
वि.सं.२०७९ असार २२ बुधवार १०:०८
shares

काठमाडौं ।नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवाद बारे तत्काल छानबिन गर्न माग गरेका छन् । बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् ।
बजेट निर्माणको बेलाको विषय संसद र संसद बाहिर चासोको रुपमा हेरिएको भन्दै उनले यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।
‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ,’ खड्काले भनेका छन् ।





































