प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गगन थापालाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो : विप्लव

572
shares

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने टिप्पणी गरेका छन् । १२ बुँदे ब्याख्यात्मक घोषणा सहित अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद बाट पारित गर्दा थापाले अमेरिकी सेना आए आफूलाई चारपाटा मोडेर थानकोट कटाइदिए हुन्छ भनेका थिए ।

‘गगन थापालाई हाम्रो लाज ढाक्दिएर आउँछ भन्ने परेको थियो,’ बुधबार राजधानीमा आयोजित पार्टी ध्रुविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले भने, ‘कांग्रेसका मान्छेले बुझ्नुपर्छ मालिक निर्मम हुन्छ । मालिक सँग त लड्नेहरु मात्रै टिक्छन् ।’ अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो भन्दै उनले अघि भने, ‘उन(गगन थापा)लाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपर्थ्यो ।’

एमसीसी विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरु सँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे । उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’

विप्लवले आफ्नो पार्टी छाडेर जानेहरुलाई क्रान्ति बाट भयभित भएको र सत्ताको प्रलोभनमा परेको आरोप लगाए । ‘क्रान्ति बाट भयभित मान्छेहरु हिजो पनि थिए र आज पनि छन्,’ विप्लवले भने, ‘आज पनि एकीकृत जनक्रान्ति बाट भयभितहरु धेरै छन् । जो मान्छेहरु एकीकृत जनक्रान्ति बाट भागिरहेका छन्, उनीहरुले आजको सत्तामा र्‍याल काडेर प्रभावित भएका छन । त्यसको कुनै मुल्य छैन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports