प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई देश बीचको सम्बन्ध सुदृढ गर्न भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

559
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ । तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देश बीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ ।

‘भाजपा अध्यक्ष जेपी नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ,’ प्रेस नोटमा उल्लेख छ, ‘पार्टी टू पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ ।’ प्रचण्ड सचिवालयका अनुसार भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

भ्रमणका क्रममा प्रचण्डले विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत सँग भेट गरेका थिए । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग समेत भेट गर्ने भनिएको थियो । तर, प्रचण्ड मोदी सँग भेट नगरी स्वदेश फर्किन लागेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports