प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शर्मा माथि छानबिन गर्न बनेको संसदीय समितिमा एमालेको चार बुँदे असहमति

676
shares

काठमाडौं ।पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूको फरक मत सहित आज प्रतिवेदन बुझाउँदैछ। संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको पुष्टि हुन नसकेको व्यहोराको प्रतिवेदन तयार पारिसकेको छ।

उक्त प्रतिवेदन आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ। शुक्रबार संसद भवनमा संवाददाताहरू सँग कुरा गर्दै समिति सदस्य एमाले सांसद विमला विश्वकर्माले आफूहरूले चार वटा विषयमा असहमति राखेको बताइन्। ‘पहिलो कुरा सिसिटिभी फुटेजको राम्ररी अध्ययन गर्न सकिएन। हुन त त्यो प्राविधिक पक्ष हो तर हामीले त्यसलाई अझै राम्ररी अनुसन्धान गर्नुपर्थ्यो भन्ने हो,’ उनले भनिन्,‘तत्कालीन अर्थमन्त्रीको कल डिटेल हेर्नुपर्ने हाम्रो माग थियो। त्यो पनि हुन सकेन।’

समितिले बजेट निर्माणमा संलग्न भनिएका अनधिकृत व्यक्ति सँग पनि सोधपुछ नगरेको विषयमा आफूहरूले असहमति राखेको उनले बताइन्। करको दर हेरफेर गर्दा मर्कामा परेका व्यापारीहरू मध्ये केही प्रतिनिधिहरू सँग कुरा नगरेको विषयमा पनि एमालेले राखेको छ।

‘यी कुरामा ध्यान दिएको भए हामी तथ्यको नजिक पुग्ने थियौं। सत्तापक्षका साथीहरूले यी कुराहरूलाई गम्भीरतापूर्वक लिनुभएन।फुटेज नभेटिएपछि के गर्ने भन्ने तरिकाले अघि बढ्न खोज्नुभयो,’ सांसद विश्वकर्माले भनिन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports