प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय समितिको नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरको विवरण संकलन गर्न निर्देशन

572
shares

काठमाडौं ।प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरको विवरण संकलन गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न श्रम विभागलाई निर्देशन दिएको सभापति विमल श्रीवास्तवले जानकारी दिए । समितिले विदेशी कामदार रहेको भए उनीहरुको ठाउँमा नेपालीलाई नै राख्न पनि निर्देशन दिएको छ ।

‘…विभिन्न कारखानाहरुमा विदेशी कामदारहरु रहेको विषयमा श्रम विभाग मार्फत सोको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरुलाई समेत सहभागी गराउन निर्देशन दिन्छ’ श्रीवास्तवले भने ।

समितिले उद्योग र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकाय सँग समन्वय गरी उद्योगका मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले कतार, इजरायल तथा दक्षिण कोरियाको रोजगारीका विषयमा श्रम मन्त्रालयले अहिले सम्म गरेका कामको प्रगति विवरण पनि माग गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports