प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ताबाट हट्नु परेकोमा होईन देश कत्ता जान्छ भन्नेमा चिन्तित छु : अध्यक्ष ओली

858
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्री बाट हट्नुपरेको बताएका छन् ।

काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेल द्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्री बाट हट्नुपरेको टिप्पणी गरेका हुन् । ‘… त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्सा बाट त्यो भूभाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्री बाट हट्नुपर्नेछ’ उनले भने, ‘नभन्दै हट्नुपर्‍यो पनि ।’

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताए । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीन सँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्री बाट हट्नुपरेको बताए ।‘प्रधानमन्त्रीबाट हटेकामा पीर होइन, देश कता जाँदैछ, त्यसमा पीर लागेको छ’ पूर्वप्रधानमन्त्री ओलीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports