kumari
stcnepal

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकै दिन तिन वटा नेपाली चलचित्र रिलिज भए

काठमाडौं ।आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एक साथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाल लगायत कलाकार मुख्य भूमिकामा छन् ।

दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

footer